शुक्रबार, वैशाख २१, २०८१

एनसेलले ल्यायो इन्डिया रोमिङ प्याक

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

एनसेलले भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकका लागि रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहकलाई भारतमा रहँदा सबैभन्दा सुलभ शुल्कमा सहजै सम्पर्कमा रहन सक्ने सेवा सञ्चालनमा ल्याएको हो। ग्राहकले एक सय रुपैयाँमै यो रोमिङ प्याक सुचारु गर्न सक्ने जनाइएको छ।

triton college

यसले तीन दिनसम्म रोमिङ सेवाको फाइदा लिन सक्ने जनाइएको छ। यसका साथै प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा तथा भ्वाइस र एसएमएस सेवामा छुटसमेत रहेको जनाएको छ। यो प्याकले वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरजस्ता सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने उल्लेख छ। भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि यसको विशेष महत्व रहेको कम्पनीको दाबी छ।

यो सेवाबाट इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउने जनाइएको छ। जसअनुसार ग्राहकले प्रतिमिनेट १६ रुपैयाँ ४८ पैसामा प्रतिमिनेट कल उठाउन र भारतमा कल गर्न सक्ने जनाइएको छ। त्यस्तै, प्रति एसएमएसको ६ रुपैयाँ ३४ पैसा पर्ने कम्पनीले जनाएको छ। ्

 

प्रकाशित: Feb 06, 2024| 12:40 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्