शनिबार, भदौ १३, २०८३

जुम्लाको लुम नदीमा पक्की पुल निर्माण हुँदै

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

जुम्लाको पातारासी गाउँपालिकास्थित लुम नदीमाथि पक्की पुल निर्माण हुने भएको छ। यसअघि यहाँका स्थानीयबासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए।

कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट रु सात करोड १९ लाखको लागतमा पक्की पुल निर्माणको काम अगाडि बढेको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। प्रदेश सरकारसँग निरन्तर अनुरोध गरेपछि सो ठाउँमा पक्की पुल निर्माण हुने भएको छ। गाउँपालिका अध्यक्ष बोहोराले भने, ‘पहिले काठको पुल रहेको ठाउँमा पक्की पुल बन्ने भएपछि पातारासीका स्थनीयबासीलाई राहत हुनेछ।’

उक्त काठको पुलबाट सवारी साधन चल्ने गरेका थियो। काठेपुल पटक–पटक भत्किएकाले आवतजावत गर्नका लागि सवारी साधनदेखि पालिकाका नागरिकलाई असहज हुने गरेको गाउँपालिका अध्यक्ष बोहोराले बताए। 

प्रकाशित: Feb 06, 2024| 09:41 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्