मंगलबार, पुस १, २०८२

सर्लाहीमा नापी अधिकृत चढेको गाडी दुर्घटना, १० जना घाइते 

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

सर्लाही- सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

National life

भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ रहेको उक्त जिप मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो। 

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए। दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन्। 

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 06, 2024| 08:12 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्