मंगलबार, पुस १, २०८२

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं– बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको जाँच गर्ने क्रममा राजामा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। 

National life

क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।

बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरुले यस अवधिमा उनलाई सार्वजनिक रुपमा वहन गर्नुपर्ने जिम्मेवारीहरु स्थगित गर्न भनेका छन्। 

राजदरबारका प्रवक्ताले राजा चार्ल्स आफ्नो उपचारका विषयमा ‘पूर्ण रुपमा सकारात्मक’ रहेको बताएका छन्। साथै उनले छिटोभन्दा छिटो आफ्नो राजकीय कामकाज पुन: सुरु गर्ने प्रवक्ताले उल्लेख गरेका छन्। ‘अहिले उहाँ केही समयका लागि राजकीय कामकाजबाट अलग हुनुभएको छ। उहाँको ठाउँमा राज परिवारका वरिष्ठ सदस्यले ती दायित्व निर्वाह गर्नुहुनेछ,’ राजदरबारका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ। 

७५ वर्षीया राजा अस्पतालमा भने भर्ना भएका छैनन्। ‘आउटडोर प्यासेन्ट’का रुपमा उनको उपचार चलिरहेको छ। 

Laxmi sunrise bank
kumari

उनको बिमारीको अवस्था र उनी ठिक हुन लाग्ने समयबारे यकिन जानकारी सार्वजनिक भएको छैन। उपचारका क्रममा पनि उनी केही राजकीय काममा भने सरिक हुनेछन्।

प्रकाशित: Feb 06, 2024| 08:09 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्