बुधबार, पुस २, २०८२

कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

 |  मंगलबार, माघ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन भएको छ। उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा उनको निधन भएको हो । बुढाथोकी क्यान्सरबाट पीडित थिए ।

National life

पार्टी नेता डा शेखर कोइरालाले बुढाथोकीको निधनबारे जानकारी दिँदै कांग्रेस पार्टी संगठनमा उनले पुर्याएको योगदान उदाहरणीय र महत्त्वपूर्ण रहेको बताएका छन्।

शोकाकुल परिवारमा हार्दिक समवेदना तथा स्व. बुढाथोकोप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनको निधनले पूर्वी नेपाल खासगरी झापामा ठूलो रिक्तता अनुभूति हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

प्रकाशित: Feb 06, 2024| 07:28 मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्