बुधबार, चैत २५, २०८२

ट्वाङखोलामा ४६ लाखको लागतमा पुल निर्माण हुँदै

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

तुलसीपुर- दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो।

National life

लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन्। आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। 

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो। ठूलाचौरमा करिब २० घर छन्। यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन्। 

पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन्। ‘गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ। वारी विद्यालय, पारी गाउँ छ’, स्थानीय गङ्गाराम विकले भने, ‘पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन।’ पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो।

वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन्। बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारिपारि गर्न सक्दैनन्। ‘विद्यार्थी पनि बर्खा भरि विद्यालय जान पाउँदैनन्। पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्’, स्थानीय दिला विश्वकर्माले भनिन्। 

kumari

खोलामा पुल नहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो। पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए।

प्रकाशित: Feb 05, 2024| 22:15 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्