शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्सको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम भैरहवा स्थित होटल टाईगर प्यालेसमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।

triton college

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सिओटी। र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटीको लागि योग्य हुने अभिकर्ताहरुको बृद्धि विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए । समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।

सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

प्रकाशित: Feb 05, 2024| 16:19 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्