आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेती खोला आयोजनामा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ऋण लगानी गर्ने

सेती खोला आयोजनामा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ऋण लगानी गर्ने

 |  सोमबार, माघ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २२, २०८०

काठमाडौं- २० मेगावाट क्षमताको  सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्ने भएको छ । अपर सेती हाइड्रो प्रालीले निर्माण गर्न लागेको आयोजनामा बैंकले ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो ।

आयोजना निर्माण गर्न कूल ४ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धकरसंस्थापकहरूको लगानी रहने छ ।

अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै असोज १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) समेत गरिसकेको छ ।

 

प्रकाशित: Feb 05, 2024| 16:18 सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्