आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हरि रिमालले जिते चाइना कोस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनको उपाधी

हरि रिमालले जिते चाइना कोस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनको उपाधी

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्‍न चाइना कोस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनको उपाधि उचालेका छन्। रिमाल यो प्रतिस्पर्धामा स्वर्ण जित्ने प्रथम नेपाली धावक बन्दै ईतिहास रचेका छन्। 

उनले अन्य प्रतिस्पर्धीलाई पछी पार्दै १ घण्टा १९ मिनेट ३२ सेकेन्डमा दूरी पार गरे। दौड उकालो ओरालो स्थानमा भएकाले दूरी पार गर्न केहीफसमय बढी लागेको धावक रिमालले बताए। रिमाल नेपाली सेनाका धावक हुन्।

एथलेटिक्स भेटेरियन्स अफ चाइनाले गरेको यो प्रतिस्पर्धामा रिमाल नेपालबाट सहभागी थिए। रिमाल नेपालका मध्यदूरीका उत्कृष्ट धावक हुन्। उनले नेपालमा भएका विभिन्न प्रतिस्पर्धाको उपाधी उचालेका छन् भने ओलम्पिक समेत खेलिसकेका छन्।

प्रकाशित: Feb 04, 2024| 17:24 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्