मंगलबार, चैत २४, २०८२

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ।

National life

विश्वविद्यालयको कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ। सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उहाँले बताए।

डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ।

धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ। यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए। 

‘देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ।’

kumari

कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो। सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए। 

हालै सम्पन्न विश्वविद्यालय सभाको १२औँ साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो। रासस

प्रकाशित: Feb 03, 2024| 18:20 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्