शुक्रबार, वैशाख २१, २०८१

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

कास्की- कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ। पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन्। 

triton college

आर्मी क्लबले यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन।  प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ। थ्रिस्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ। थ्रिस्टार  छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ। आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा  प्रतियोगिताको फाइनलमा पुगेको थियो। 

पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए। तर त्यस बेला थ्रिस्टार नै च्याम्पियन बनेको थियो। उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ। थ्रिस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो। प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रिस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।

जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलार्ई हराएर विजयी सुरुआत गरेको थियो।  क्वाटर फाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजि गर्दैै आर्मी फाइनल पुगेको हो। थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो। क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो। 

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो। पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 03, 2024| 11:02 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्