शुक्रबार, वैशाख २१, २०८१

यू-१९ विश्वकप: नेपाल बंगलादेशसँग पराजित 

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ। जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। 

triton college

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे। अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे। जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए। उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए। नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए।

यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए। उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए।

बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे। क्वाल इमोन र मारुफ मृदले समान एक/एक विकेट लिए। अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ। 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 31, 2024| 20:00 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्