बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जंगल क्षेत्रमा क्षति

कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जंगल क्षेत्रमा क्षति

 |  शनिबार, माघ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ १३, २०८०

कोलम्बिया- कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण नोभेम्बरयता १७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

National life

लामो समयदेखिको खडेरी, उच्च गर्मी र एल निनो मौसमी घटनाका कारण यो बर्ष ३४० भन्दा बढी डढेलोका घटना रेकर्ड गरिएको वातावरणमन्त्री सुसाना मोहम्मदले जानकारी दिए। 

कोलम्बियाले सोमबारदेखि राजधानी नजिकै धेरै डढेलोको सामना गर्नुपरेको छ। राजधानी बोगोटाबाट देखिने पहाडहरूमा अधिकारीहरूले जलेको क्षेत्रनजिक बस्ने बासिन्दाहरूलाई खराब वायु गुणस्तरको कारण अतिआवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन्।

'आज बोगोटाबाट करिब २५० किलोमिटर उत्तरपूर्वमा हिउँले ढाकिएको चुचुरो भएको प्राकृतिक पार्क नेभाडा डेल कोकुईमा आगो लागेको छ,' मोहम्मदले पत्रकार सम्मेलनमा भने। उनले पार्कमा आगोको ज्वाला ‘निकै उच्च’ स्थानमा रहेकाले स्थितिको आँकलन गर्न हेलिकप्टर परिचालन गरिएको बताए। 

प्रकाशित: Jan 27, 2024| 18:20 शनिबार, माघ १३, २०८०
प्रतिक्रिया दिनुहोस्