बिहीबार, भदौ ४, २०८३

ओवन बिनै घरमा बनाउन सकिन्छ स्वादिष्ट पिज्जा

हामी घरमा थुप्रै खाने कुरा बनाइरहेका हुन्छौं। समोसा, ब्रेड पकौडा, ममलगायत थुप्रै परीकारहरू हामी समय निस्किने वित्तिकै घरमा बनाइरहेका हुन्छौं। परीवारसँग मिलेर यसरी विभिन्न परिकार बनाउनुको आनन्द नै व्यग्लै हुन्छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

हामी घरमा थुप्रै खाने कुरा बनाइरहेका हुन्छौं। समोसा, ब्रेड पकौडा, ममलगायत थुप्रै परीकारहरू हामी समय निस्किने वित्तिकै घरमा बनाइरहेका हुन्छौं। परीवारसँग मिलेर यसरी विभिन्न परिकार बनाउनुको आनन्द नै व्यग्लै हुन्छ।

तर, मानिसहरू पिज्जा खानका लागि बाहिर जाने गर्छन्। हामीले चाह्यौं ओवन बिनै घरैमा स्वादिष्ट पिज्जा बनाउन सक्छौं। यसरी घरमा बनाएको पिज्जा स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ।

घरमै स्वादिष्ट पिज्जा बनाउनका लागि सबै भन्दा पहिला एक कप मैदा लिनुपर्छ। त्यसमा एक कपको चौथाइ भाग दही राख्नुपर्छ। अलिकति तेल, आधि चम्मच बेकिङ्ग सोडा, आधा चम्मच बेकिङ्ग पाउडर, नुन र चीनी चाहिन्छ।

ओवन बिनै पिज्जा बनाउनका लागि सबै भन्दा पहिला भाडामा दही, मैदा, बेकिङ्ग पाउडर, तेल, बेकिङ्ग सोडा, नुन र चीनी राख्नुपर्छ। र, सबैलाई राम्रोसँग मिलाउनुपर्छ। त्यसपछि अलि-अलि पानी राख्दै पिठोलाई जस्तै यसलाई मुछेर नरम पार्नुपर्छ। त्यसपछि यसमा तेल लगाउनुपर्छ। त्यसपछि एक घन्टासम्म यत्तिकै छोडिदिनुपर्छ।

एक घन्टापछि उक्त पिठोलाई हल्का मोल्नुपर्छ। त्यसपछि यसको आवस्यकता अनुसारको डल्ला बनाउनुपर्छ र यसमा सुख्खा मैदा लगाएर बेल्नुपर्छ। त्यसपछि एक खाली प्लेट लिनुपर्छ। त्यसमा तेल लगाउनुपर्छ। पिठोलाई बेलेर रोटी तयार गरिसकेपछि उक्त प्लेटमा राख्नुपर्छ। र, त्यो बेलेको पिठोमा कतै-कतै ससाना प्वाल बनाउनुपर्छ। त्यसपछि रोटीमा पिज्जा सस लगाउनुपर्छ। सर लगाउँदा बराबर मात्रामा लगाउनुपर्छ। यसले पिज्जा खाँदा समान स्वाद दिन्छ।

त्यसपछि यसमा स्वादअनुसार मोजरेला चीज राख्नुपर्छ। हामीले पिज्जामा थुप्रै प्रकारका तरकारी देखिरहेका हुन्छौं। हामीले पनि घरमै पिज्जा बनाउँदा गाजर, भेडे खुर्सानी, प्याज, मटर, चाट मसाला, चिली फ्लेक्स पिज्जा बेसमा राख्नुपर्छ।

त्यसपछि एक कढाइलाई गरम गरेर त्यसमा राम्रोसँग नुन राख्नुपर्छ। त्यसमा एक स्टेन्ड राखेर पिज्जा भएको प्लेट राखिदिनुपर्छ। त्यसपछि कुन हिटमा राखिएको छ सोही अनुसार १५-२० मिनेटसम्म पकाउनुपर्छ। यति गरिसकेपछि ओवन बिनै स्वादिष्ट र हेल्दी पिज्जा तयार हुन्छ।

प्रकाशित: Aug 14, 2021| 09:20 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।