आइतबार, मंसिर २८, २०८२

यू-१९ विश्वकप

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

काठमाडौं- अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो 

National life

दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो। नेपालले एक सय ४६ रनको विजयी लक्ष्य ४४ दशमलव चार ओभरमा नौ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले। उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए। 

यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए। बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानलले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए। 

यस्तै अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए। त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए। फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए। 

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए। यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए। नेपालले अब समूह ‘ए’ मा रहेका भारत तथा अन्य दुई देशका टोलीसित खेल्ने छ।    

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2024| 20:42 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्