सोमबार, भदौ १५, २०८३

भारतले दुई पाकिस्तानीको हत्या गरेको आरोप 

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

इस्लामावाद- पाकिस्तानले आफ्नो दुई नागरिकलाई भारतले हत्या गरेको आरोप लगाएको छ। गत वर्ष पाकिस्तानी भूमिमै भारतीय एजेन्टले ती हत्या गराएको र त्यसको प्रमाण आफूसँग रहेको पाकिस्तानको भनाइ छ।

बिहीबार पत्रकार सम्मेलनका क्रममा पाकिस्तानी विदेशसचिव मुहम्मद साइरस काजीले भारतीय एजेन्टले पैसा दिएर हत्या गराएको आरोप लगाएका थिए। सेप्टेम्बर ८ मा पाकिस्तान शासित कस्मिरमा मुहम्मद रियाजको र त्यसको एक महिनापछि सियालकोटमा साहिद लतिफको हत्या गराएको उनले बताए। 

ती व्यक्तिहरु को हुन्, किन तिनको हत्या भयो भन्ने विषय भने पाकिस्तानले खुलासा गरेको छैन। विदेश सचिव काजीले यो पाकिस्तानको सार्वभौमसत्ताको उल्लंघन भएको बताए। क्यानडा र अमेरिकामा पनि भारतले हत्या र हत्याप्रयास गरेको आरोप लागिरहेका बेला पाकिस्तानले यस्तो बताएको हो।

सो आरोपलाई भारतले अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयले त्यसलाई ‘भारतविरोधी प्रचारबाजी’ भनेको छ।

प्रकाशित: Jan 26, 2024| 18:15 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्