बुधबार, माघ २१, २०८२

लुम्बिनीमा इन्डो-नेपाल क्रिकेट प्रतियोगिता शनिबारदेखि

 |  शुक्रबार, माघ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

भैरहवा- रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ।

National life

यही माघ १३ गतेदेखि हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागिता रहने आयोजकले बताएका छन्।

स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउने उद्देश्यले ‘पडरिया लुम्बिनी प्रिमियर लिग’ को नामले प्रतियोगिता हुँदै आएको छ। अहिले हुने प्रतियोगिता छैटौँ संस्करण हो। 

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए।

नेपालबाट सिरहा, नेपालगञ्जलगायत स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने उनले बताए। टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगितामध्ये पर्दछ।

Laxmi sunrise bank

यसपटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको हुसेनले बताए। पहिलो पुरस्कार दुई लाख र दोस्रो पुरस्कार एक लाख तोकिएको उनले जानकारी दिए। 

यसैगरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, अनुशासित टोलीलगायत सेमी फाइनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको हुसेनको भनाइ थियो। उनका अनुसार करिब २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्सँगै लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग सङ्कलन गरिएको छ।

प्रकाशित: Jan 26, 2024| 08:32 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्