शनिबार, असार १३, २०८३

श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

कोलम्बो- श्रीलंकाको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन्। चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जानकारी दिएका छन्।

उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७:४५ बजे भएको थियो। गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जिपमा रहेको अर्को समूहले गोली चलाउँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सो गोली प्रहार संगठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ। श्रीलंकाले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र संगठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष शुरु गरेको छ। 

सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ।   -सिन्ह्वा

Shivam cement

प्रकाशित: Jan 22, 2024| 21:02 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्