आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

दोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

मस्को- युक्रेनी सेनाले आइतबार दोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

National life

युक्रेनी पक्षबाट १५२ एमएम र १५५ एमएम क्यालिबरका गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले दोनेट्स्कका स्थानीय अधिकारीलाई उद्धृत गर्दै  जनाएको छ।

घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ। उनीहरू अधिकांशको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यो घटनाबारे छलफल गरिने घोषणा गरेको छ। रुसी विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको कार्यक्रममा पनि यो मुद्दा उठाउने योजना बनाएको छ कार्यक्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुनेछन्।

प्रकाशित: Jan 22, 2024| 18:40 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्