शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर १९ गते बुधबार कहाँ के-के भयो? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

निर्मला प्रकरण नयाँ मोडमा : काठमाडौंबाट समातिए एक युवक 

कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। निर्मलाको हत्याको आरोपमा काठमाडौंबाट २२ वर्षीया युवकलार्इ पक्राउ गरेको छ। 

‘बिहेको दिन पनि नारायण गोपालले झुक्यायो’  

स्वरसम्राट् नारायण गोपालका समकालीन व्यक्तित्वहरूले उनका विभिन्न किस्साहरू सम्झिएर उनीप्रति श्रद्धाभाव प्रकट गरेका छन्। नारायण गोपालको २८ औं स्मृति दिवसका अवसरमा राजधानीमा बुधबार नारायण गोपाल संगीत कोषले आयोजना गरेको कार्यक्रममा उपस्थित उनका समकालीन व्यक्तित्वहरूले स्वरसम्राट्का उटपट्याङ, ठट्टा र उनीसँग बिताएका क्षण सम्झिएर भावुक बने। 

लाउडाभन्दा ठूलो काण्ड वाइड बडी, रवीन्द्र नाजवाफ

नेपाल वायुसेवा निगमले हालै खरिद गरेको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा लाउडा एयरलाइन्सभन्दा ठूलो आर्थिक घोटाला भएको सांसदहरूले आरोप लगाएका छन्। 

यस्तो छ, कांग्रेसको पाँच खम्बे आर्थिक नीति

नेपाली कांग्रेसले मुलुकको समग्र समृद्धि र आर्थिक विकासका लागि पाँच खम्बे आर्थिक नीति प्रस्ताव गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रस्तावित समग्र आर्थिक नीतिमा पाँच विषयलार्इ प्राथामिकतामा राखेको छ। 

महेन्द्रले महन्थलाई ‘बाहुनवादी’ भनेपछि राजपामा भाँडभैलो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका एक अध्यक्षले अर्का अध्यक्षलाई ‘बाहुनवादी’ भनेर आक्रोश पोखेपछि पार्टीमा भाँडभैलो मच्चिएको छ। पार्टी एकीकरण हुँदा प्रत्येक दुई महिनामा पालैपालो पार्टी अध्यक्ष मण्डलका सदस्यमध्येबाट एकजना संयोजक बन्ने सहमति भएको थियो।

राजनीतिक स्वार्थमा रुमल्लिँदै ‘स्थानीय सरकार’

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको निर्धारित समयभन्दा पाँच महिनापछि बल्ल नगरसभा सम्पन्न भयो । गत असार १० गत सकिनुपर्ने नगरसभा पछि धकेलिनु एउटै कारण हो– जनप्रतिनिधिको राजनीतिक स्वार्थ ।

‘२५ हजार कर्मचारी अभाव’
 
केन्द्र सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारलाई तत्काल २५ हजार कर्मचारी आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेश सरकारसँगको भेटघाटमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 

बाढी र सितलहर पीडितका लागि सुरक्षित घर बनाइने

प्रदेश १ का बाढी र सितलहरले आक्रान्त बस्तीमा सुरक्षित घरहरु निर्माण हुने भएका छन । सुनसरी र उदयपुरका बस्तिहरुमा यस्तो व्यवस्था गर्न लागिएको सरोकारवालाहरुले बताएका छन्। 

देशभरको तापक्रम ओरालो, चिसो अझै बढ्‍ने

निरन्तर तापक्रम ओरालो लागेसँगै देशभर चिसो बढीरहेको छ। देशभर विगत केही दिनको तुलनामा बुधबार तापक्रम घटेको छ। जल तथा पूर्वानुमान महाशाखाले बुधबार सार्वजनिक गरेको मौसमी विवरण अनुसार चिसो अझै बढ्‍ने भएको छ। 

वाइड बडी प्रकरण : मन्त्रीलाई तीन र जीएमलाई ३८ प्रश्न

वाइड बडी विमान प्रकरण सम्बन्धमा स्पष्टिकरण दिन नसकेको भन्दै थप स्पष्ट पार्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई छुट्टाछुट्टै प्रश्न सोधिने भएको छ।

प्रियंका कति खुसी?

यति बेला प्रियंका चोपडा र निक जोनस बिहेपछिको पार्टीमा व्यस्त छन्। उनीहरुले मंगलबार दिल्लीमा पार्टी दिए। अमेरिकी गायक निक जोनससँग जोधापुरको उम्मेदभवन प्यालेसमा डिसेम्बर १–२ हिन्दु र इसाई परम्पराअनुसार उनीहरूको बिहे भएको थियो। 

कोपा डेल रे : बार्सिलोना, अलाभेस, रियल र मड्रिड भिड्दै

स्पेनिस कोपा डेल रे फुटबल कपमा बुधबार राति ७ खेल हुँदैछन् । बुधबार हुने ७ खेलमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्दै छन्। कोपा डेल रेमा राति १२:१५ बजे दुई खेल हुँदै छन्। 

इपिएलमा लण्डनबाट चियर लिडर्स 

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर (इपिएल) टी-२० लिगका लागि आयोजकले लण्डनबाट चियर लिडर्स ल्याईएको छ । मंसिर २२ गतेबाट सुरु हुने इपिएल टी-२० लिगका लागि बुधबार किंगफिसरले पत्रकार सम्मेलन गर्दै चियर लिडर्सलाई सार्वजनीक गरिएको हो ।

युद्ध हारिरहेको अमेरिका

दोस्रो विश्वयुद्धपछि कैयौं यूद्धमा होमिएको भए पनि संयूक्त राज्य अमेरिकाले कुनै पनि लडाइँमा विजय प्राप्त गरेको छैन। यद्यपि उसको कूटनीतिक संयन्त्र, वैज्ञानिक आविष्कार तथा अनुसन्धानको पक्ष ज्यादै वलियो छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।