युद्ध हारिरहेको अमेरिका

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Donald_Trump.jpg

दोस्रो विश्वयुद्धपछि कैयौं यूद्धमा होमिएको भए पनि संयूक्त राज्य अमेरिकाले कुनै पनि लडाइँमा विजय प्राप्त गरेको छैन। यद्यपि उसको कूटनीतिक संयन्त्र, वैज्ञानिक आविष्कार तथा अनुसन्धानको पक्ष ज्यादै वलियो छ। त्यति मात्र होइन, यथेष्ठ साधान स्रोतको परिचालन मार्फत प्रभावकारी सुचनाको पहुँच र गुप्तचरीमा पनि अमेरिका अव्वल छ। तर उल्लेखित सवलताको वावजुद पनि उसले आशातित सफलता प्राप्त गर्न सकिरहेको छैन। उसका सबै साधन स्रोतहरु उपयोगहीन भइरहेका छन्। र, अमेरिका संलग्न रहेका युद्धहरुले नकारात्मक परिणाम ल्याएका छन्।

सन् १९५० को दशकमा भएको कोरियाली प्रायद्वीपको युद्धमा अमेरिका प्रतक्ष्य रुपमा संलग्न रह्यो।  त्यस्तै १९६० देखि ७० को दशकको भियतनाम लगायत हिन्द-चीन क्षेत्रको युद्धमा पनि अमेरिका होमियो। सन् १९९० यताको पहिलो खाडी युद्ध, सन् २००० देखि दोस्रो खाडी युद्ध तथा अफगान युद्धमा पनि अमेरिका प्रत्यक्ष संलग्न रह्यो र रहिरहेको छ। तर माथि उल्लेखित कुनै युद्धमा पनि अमेरिकाले विजय प्राप्त गर्न सकेन। 

स्वाभावैले यूद्ध बढी खर्चिलो हुन्छ। बीसौं शताब्दीको सुरुमा अमेरिकाको कुल अर्थतन्त्रको एक प्रतिशत रकम मात्र प्रतिरक्षामा खर्च हुन्थ्यो। तर पहिलो विश्वयुद्धको अन्त्यसम्म बढेर २२ प्रतिशत पुग्यो। सन् १९२० र ३० को दशकमा विश्वव्यापी आर्थिक महामन्दी सुरु भयो। तर अमेरिकाले प्रतिरक्षा बजेटमा दुई प्रतिशत रकम खर्च गरिरह्यो। दोस्रो विश्वयुद्धसम्म आइपुग्दा अमेरिकाले कुल अर्थतन्त्रको ४१ प्रतिशत रकम प्रतिरक्षामा खर्च गर्न थाल्यो। विश्वयुद्धको समाप्तिपछि पनि अमेरिकाको रक्षा बजेट घटेन। प्रतिरक्षा बजेट बढाएर अमेरिकाले विश्वलाई दुई ध्रुवमा विभाजन गरिदियो । अर्थात एकातिर तात्कालिक शोभियत संघ र अर्कोतिर स्वयं अमेरिका।  

यसरी उत्पन्न खर्चिलो सितयूद्धसँगै अमेरिकाले सन् १९८० देखि सन् २०१० सम्म प्रतिरक्षा बजेट ५.४ प्रतिशत कायम गर्यो। सन् २०१५ देखि २०२० सम्म कुल अर्थतन्त्रको लगभग ४ प्रतिशत खर्च हुने अनुमान छ। यसबाहेक अमेरिकाले विश्वका अन्य मुलुकलाई सयौं अर्ब डलर अनुदान खर्च दिन्छ। अमेरिका विरोधी मुलुकद्वारा हुन सक्ने फौजी अतिक्रमण तथा कूटनीतिक पहल रोक्ने उदेश्यले यस्तो  अनुदान दिने गरेको छ। तर यसबाट पनि अमेरिकालाई कुनै फाइदा भएको छैन।

जति धेरै रकम खर्च गरे पनि अमेरिकाले यूद्ध हार्नुको मुख्य कारण शक्तिराष्ट्रहरू आमने सामने लडाइँमा सहभागी नहुनु हो। दोस्रो विश्वयुद्धसम्मको समय प्रतक्ष्य लडाँइको समय थियो। दुश्मन देशका सेना र युद्ध सामग्रीहरु प्रस्ट देखिन्थे। निर्धारित सैन्य पोसाकको आधार शत्रु र मित्रुको सहजै पहिचान हुन्थ्यो। तर सन् १९४५ यता त्यस्तो अवस्था छैन। इतिहासकार लुइस गार्डिसका अनुसार विगत ७० वर्षयता विश्वमा कुनै भयानक युद्ध भएको छैन। यति लामो शान्तिकाल इतिहासमा विरलै देखापर्ने उनको टिप्पणी छ।
 
आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा भएको प्रविधिको विकास र विश्वव्यापीकरणले गर्दा संसारभरीका बासिन्दा एकापसमा घुलमिल भइरहेका छन्। यस्तो अवस्थामा मानिस कुनै पनि प्रकारको वैमनश्यता र युद्ध रुचाउँदैन।

अमेरिका र पराजय

अमेरिकाले पराजय भोगेका केही मुलुकहरुको उदाहरणद्धारा उसको पराजयको कारणसम्म पुग्न सकिन्छ।

पहिलो, कोरियाको यूद्धलाई उदाहरणको रुपमा हेरौं। उत्तर र दक्षिण कोरियाको बीचमा सन् १९४८ देखि १९५३ सम्म यूद्ध भयो। त्यतिबेला उत्तर कोरियालाई कम्युनिष्ट मुलुक चीन र सोभियत संघले सहयोग गरेका थिए भने दक्षिण कोरियालाई अमेरिकाले साथ दिएको थियो। संयुक्त राष्ट्रसंघले अमेरिकी नेतृत्वमा सैन्य कार्यवााही सुरु गरेपछि उक्त युद्ध अमेरिकाको प्रतिष्ठाको लडाइँमा रूपान्तरण भयो। उक्त युद्धमा सैनिक र गैरसैनिक गरी ३६ हजार पाँच सय ६८ अमेरिकीको ज्यान गएको थियो। अझै पनि दुई कोरियाको बीचमा अमेरिकी सेना तैनाथ छ। अमेरिकाले लक्ष्य प्राप्त गर्न सकेको छैन। 

दोश्रो, सन् १९६४ देखि १९७४ सम्म भएको भियतनाम युद्धमा अमेरिका नराम्रोसँग फस्यो। फ्रान्सले भियतनाम छोडेपछि युद्ध सुरु भएको थियो। उक्त युद्ध अमेरिकी राष्ट्रपति आइजन हावरको 'डोमिनो सिद्धान्त'बाट निर्देशित थियो। भियतनाम कम्युनिस्टको हातमा गयो भने समग्र पूर्वी एसिया-प्रशान्त क्षेत्रमा कम्युनिस्टको शासन कायम हुने चिन्ता अमेरिकाको थियो। भियतनाम युद्धमा चीनले उत्तरी भियतनामको पक्षमा जनशक्ति परिचालन गरेको थियो। उता सोभियत संघले हतियार, राडार तथा लडाकु विमान सहयोग गरेको थियो। त्यसमा झन्डै ५८ हजार अमेरिका सेना मारिएका थिए भने अमेरिकाको झन्डै १ सय ३९ अर्ब अमेरिकी डलर खर्च भएको अनुमान छ। 

तेश्रो, सन् २००१ को सेप्टेम्बर ११ तारिखमा न्युयोर्कस्थित 'ट्विन टावर'मा भएको आतंककारी हमलापछि अमेरिकाले आतंकवादविरुद्ध विश्वव्यापी युद्ध उद्घोष ग¥यो। अमेरिकाले 'वल्र्ड टे«ड सेन्टर' आक्रमणका दोषीलाई आश्रय दिएको अभियोगमा अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु ग¥यो। तालिवानविरोधी उक्त आक्रमण अहिलेसम्म जारी छ। 'अपरेसन इन्ड्युरिङ फ्रिडम' अन्तर्गत करिब २ हजार ३ सय ४६ अमेरिकी एवं उसका सहयोगी मुलुकका सैनिकहरूको ज्यान गइसकेको छ। उक्त अपरेसन सन् २०१४ मा अन्त्य भएको घोषणा गरियो र अपरेसन 'फ्रिडम सेन्टिनेल' सुरु भयो। अपरेसनमा ४९ जना अमेरिकी सैनिकको ज्यान गएको छ।      
  
चौथो, सन् २००३ मा सुरु गरिएको अपरेसन 'इराक-फ्रिडम' अन्तर्गत ४ हजार ४ सय २४ अमेरिकी सैनिकको ज्यान गएको छ। ३१ हजार ९ सय ५७ घाइते भएका छन्। अपरेसनको मुख्य उद्देश्य इराकमा सद्दाम हुसेनको शासन अन्त्य गर्नु थियो। त्यसपछिको अप्रेसनमा पनि ७३ अमेरिकीको मृत्यु भएको छ। तर अमेरिकाले प्रष्ट विजय प्राप्त सकेको छैन। यसरी अमेरिकाले 'आतंकवाद'विरुद्ध छेडेको कुनै पनि युद्धमा सफलता प्राप्त गर्न सकेको छैन।  
  
 
सेप्टेम्बर ११ को घटनापछि अमेरिका नराम्रोसित बिच्कियो। उसले संसारलाई 'अमेरिकाको पक्षधर वा आतंककारीका पक्षधर'को रुपमा विभत्त गर्यो। विश्वलाई तटस्थ रहने कुनै ठाउँ दिएन।

पराजयको कारण

अमेरिकालगायत विश्वका प्रमुख सैन्य शक्तिराष्ट्रसँग आम विनाशकारी हतियारहरु छन्। तर यस्ता हतियारले दुवै पक्षको सर्वनाश गर्ने भएकाले प्रयोग गर्न चाहँदैनन्। लोकतन्त्र, सामाजिक न्याय, समावेशिता एवं सहकार्य आदिका कारण विश्व मानव समुदाय शान्तिपूर्ण जीवन बिताउन चाहन्छ। आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा भएको प्रविधिको विकास र विश्वव्यापीकरणले गर्दा संसारभरीका बासिन्दा एकापसमा घुलमिल भइरहेका छन्। यस्तो अवस्थामा मानिस कुनै पनि प्रकारको वैमनश्यता र युद्ध रुचाउँदैन।

अहिले भइरहेका ९० प्रतिशतभन्दा बढी युद्ध भौगोलिक सीमाभित्र सीमित छन्। शत्रु पक्ष सैन्य बर्दीमा हतियार भिरेर युद्धमैदानमा उत्रिएको हुँदैन। आमनागरिकसँग मिसिएर छापामार शैलीमा हमला गरिरहेको हुन्छ। शक्तिशाली मुलुकहरूले पनि आफ्नो सैन्य शक्तिलाई युद्धभूमिमा देखाउन सकिरहेका छैनन्। अर्कोतिर भूमिगत विद्रोहीहरुले तस्करीबाट राइफल प्राप्त गर्छन् र लुकिछिपी शत्रु सेना, नागरिक तथा सहरमा आतंककारी हमला गर्छन्। उनीहरुलाइ न गुप्तचर निकायले चिन्न सक्छ न वैज्ञानिक उपकरणले रोक्न। यस्ता लडाइहरुँ अमेरिकाको लागि असफलताका कारण बन्दै गएका छन्।            
              
अमेरिकाको भौगोलिक सिमानाभन्दा धेरै टाढा उत्तर कोरिया, भियतनाम, अफगानिस्तान, इराक, लिबिया आदि मुलुकका आन्तरिक विद्रोहमा चासो दिन थालेपछि अमेरिकाको सैन्य खर्चमा व्यापक वृद्धि भइरहेको छ। लडाइँको मौलिक र स्थानीय अवस्था नबुझीकन जथाभावी सैन्य आक्रमण गर्दा अमेरिकाले युद्ध हारेको हो। साथै, सेप्टेम्बर ११ को आतंककारी हमलाले अमेरिकी प्रतिरक्षाको हैसियतबारे दुनियाँले थाहा पायो। स्मरणरहोस्, उक्त आक्रमणमा हवाइजहाज प्रयोग गरी प्रतिरक्षाका हिसाबले संवेदनशील पेन्टागन तथा 'वल्र्ड ट्रेड सेन्टर'मा भयानक आक्रमण गरिएको थियो। 

सेप्टेम्बर ११ को घटनापछि अमेरिका नराम्रोसित बिच्कियो। उसले संसारलाई 'अमेरिकाको पक्षधर वा आतंककारीका पक्षधर'को रुपमा विभत्त गर्यो। विश्वलाई तटस्थ रहने कुनै ठाउँ दिएन। अमेरिकाले अफगानिस्तान, इराक र लिबियाको सत्ता बदल्यो। तर त्यहाँ शान्ति, सुव्यवस्था रं अमनचयन कायम गर्न सकेन। । बरु आमनागरिकको जीवनमाथि द्वन्द्वका नयाँ नयाँ रूपहरु थपिदियो। त्यसबाट अतिवादका नयाँ स्वरूप जन्मिन थाले। रक्तपात, सामाजिक द्धन्द, अराजकता झन् झाँगिए। 



अफगानिस्तान, इराक र लिबियाको समाज राज्यहिन तथा अराजकताकोे सिकार हुन पुगे। र, त्यहाँ तैनाथ अमेरिकी सेना र गैरसैनिक समूहमाथि धराप थाप्दै हत्या गर्ने क्रम अहिले पनि जारी छ। यो असफलताको पछाडि अमेरिकी रणनीतिकारको अपरिपक्वता देखिन्छ। उनीहरुको सुचना भरपर्दो नभएको र सामरिक आँकलन पनि सही नभएको मानिएको छ। 

पहिलो र दोश्रो विश्वयुद्धताका प्राविधिक एवं व्यावहारिक हिसाबले अब्वल मानिएका विश्वशक्तिहरू हिटलरको जर्मनी, तोजोको जापान र मुसोलिनीको इटलीले लज्जाजनक हार बेहोरेका थिए। त्यसको कारण समकालीन विश्व राजनीतिबारे उनीहरुको विश्लेषण कमजोर थियो। गलत सैन्य अभियान तथा मित्र शक्तिहरूलाई चिन्न नसक्नु उनीहरुको पराजयको अर्को कारण थियो। इतिहासको उक्त प्रवृत्ति हेर्दा अमेरिकाले पनि त्यही इतिहासको पुनरावृत्ति गर्ने देखिदै छ। 

युद्धले समाजको कुन कुन पक्षलाई कतिसम्म असर गर्दछ भन्ने कुरा अमेरिकी युद्ध विशेषज्ञहरूले दीर्घकालीन र सुक्ष्म ढंगबाट विश्लेषण गरेको देखिँदैन। मात्र अमेरिकाको लागि प्रतिकुल सरकार गिराउने र कठपुतली सरकार खडा गर्दै जाने मात्र देखिन्छ। जसले राजनीतिक र सामाजिक स्थिरता कायम गर्न नसकेको कुरा युद्धपछिका इराक, अफगानिस्तान र लिबियाले देखाएका छन्।  

विगतमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जितेपछि उनले अवलम्बन गरेका प्राथमिक राष्ट्रिय अन्तर्राष्ट्रिय एजेन्डाहरूले अमेरिका झनै आत्मकेन्द्रित हुँदै गएको देखाउँछ। उनले उत्तर अमेरिकी व्यापारिक सम्झौता, ट्रान्स-प्यासिफिक पार्टनरसीप, इरानियन आणविक सम्झौता आदि खारेज गराए। अमेरिकाकै पहलमा स्थापना भएको नेटो सैन्य गठबन्धनलाई समेत आर्थिक सहयोग गर्न कठिन भएको बताएको छ। 

भर्खरै 'जी-सेभेन'को बैठक बीचैमा छाडेर उत्तर कोरियासँग वार्ता गर्न ट्रम्प सिंगापुर गएका थिए। ट्रम्पको उक्त कदमले समकालीन विश्व व्यवस्थालाई दिएको चुनौती मानिएको छ। युरोपेली समुदायले पनि अमेरिकाको बदलिएको रबैयालाई गम्भीर ढंगले लिएको बताएका छन्। यसरी अमेरिकी संलग्नताविना नै विश्व राजनीति अघि बढेको देखिन्छ। यसबाट अमेरिकाले पाठ सिकेर अगाडि बढ्ला ? संभावना एकदमै क्षीण देखिन्छ। 




प्रतिक्रिया