शनिबार, वैशाख ६, २०८२

हमासका कमाण्डरसहित दर्जनौं लडाकू मारिएको इजरायली दाबी

 |  शुक्रबार, पुस २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

vianetvianet

गाजा- गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ। दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ।

triton college

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ।

इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ। सेनाले भनेको छ, ‘मध्य गाजा शहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतङ्ककारी’लाई मारेको छ।’

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन जना सशस्त्र लडाकू हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो।

गत अक्टोबर ७ मा गाजाको सीमा नजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो।

National life insurance

गाजामा हमासले बन्धक बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या अहिले १३६ रहेको अनुमान गरिएको छ। इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषहरूको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्तिहरू पनि सम्पर्कमा नआएको बताएका छन्।   -एएफपी

प्रकाशित: Jan 12, 2024| 19:02 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्