मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापान भूकम्प : मृत्यु हुनेको संख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

जापान भूकम्प : मृत्यु हुनेको संख्या २१३ पुग्यो, ५२ जना बेपत्ता

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

टोकियो- सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन्।  

National life

बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ। यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ।

मृत्यु हुनेमध्ये  सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक-एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। 

क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ। भूकम्पको जोखिमबाट बाँचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको सरकार क्षेत्रीय सरकारले जनाएको छ।   -सिन्ह्वा

प्रकाशित: Jan 11, 2024| 20:21 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्