बिहीबार, भदौ ४, २०८३

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको हो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

सन्धिखर्क- अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको हो।

अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार स्थानीय मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा शुक्रबार साँझ ५ बजेको समयमा घर माथिबाट पहिरो खसेर सुनार पुरिएका हुन्। पहिरोमा पुरिएसँगै उनको मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 14, 2021| 07:56 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।