शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

 |  बुधबार, पुस २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

vianetvianet

काठमाडौं- विश्व बैंकले बुधबार  सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी  प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।

विश्व बैंककाअनुसार सन् २०२३ मा  श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ।

श्रीलंकाको उत्पादनमा  आर्थिक वर्ष २०२२÷०२३ मा केहि घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैंकले जनाएको छ।

यद्यपि, बैंकले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ। बैंकले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

प्रकाशित: Jan 10, 2024| 18:45 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्