बिहीबार, वैशाख २०, २०८१

अफगानिस्तानमा ८०० महिला जेलमा

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

काबुल- अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ।  

triton college

कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल  ८०० महिलासहित करिब १९ हजार कैँदीहरू छन्। फरक–फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ। 

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए। 

उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन्। टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दाबी गरे। केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन्।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण  भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने  बताएको टोलो न्यूजले उल्लेख गरेको छ। 

corrent noodles
Metro Mart

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको  बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका  सीमित गर्न तालिवान प्रशासनले लिएको गैर–जिम्मेवारपूर्ण कदम हो। 

अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गनुपर्र्ने कडा नियम लगाएको छ।

तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए। पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ।

प्रकाशित: Jan 10, 2024| 17:57 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्