बिहीबार, पुस ३, २०८२

फ्रान्समा ३४ वर्षका युवक बने प्रधानमन्त्री

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

काठमाडौं- गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्री चयन भएका छन्। एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो।

National life

३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा हुन्। यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए। अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नका उत्तराधिकारी बनेका छन्। उनको नियुक्तिलाई राष्ट्रपतिद्वारा आफ्नो सरकारको जीवनमा प्राण भर्ने प्रयासको रूपमा हेरिएको छ।

शिक्षामन्त्रीका रूपमा रहेका अटल धेरैलाई अचम्मित पार्दै अगाडि गएका हुन्। अब उनीसँग आगामी जुनमा हुने युरोपेली संसद्को निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ।

उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिंगी पनि हुन्। सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए।

उनको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ। दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए। राष्ट्रपति माक्रोँको सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेलादेखि नै राष्ट्रपतिको आँखामा परेका थिए।

Laxmi sunrise bank
kumari

२९ वर्षको उमेरमा उनी फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बनेका थिए। सन् २०२० यता उनी सरकारी प्रवक्ताका रूपमा छन्। त्यसबेलादेखि नै उनी मतदातामाझ राम्रोसँग चिनिन थालेका थिए। सन् २०२२ मा राष्ट्रपति माक्रोँ पुनर्निर्वाचित भएपछि अटल छोटो समय बजेट मन्त्री भए र गत जुलाईमा शिक्षामन्त्री बने।

प्रकाशित: Jan 10, 2024| 15:37 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्