आइतबार, असोज १८, २०८३

अब एसआईटीले राज कुन्द्राको अश्लील फिल्म प्रकरणको अनुसन्धान गर्ने

मुम्बई पुलिसको क्राइम ब्रान्चले अश्लील फिल्मविरुद्धको अनुसन्धान दायर बढाएको छ। यस सम्बन्धि अध्ययनका लागि प्रहरीको स्पेशल इन्भेस्टिकेशन टीम (एसआईटी) को गठन गरिएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- मुम्बई पुलिसको क्राइम ब्रान्चले अश्लील फिल्मविरुद्धको अनुसन्धान दायर बढाएको छ। यस सम्बन्धि अध्ययनका लागि प्रहरीको स्पेशल इन्भेस्टिकेशन टीम (एसआईटी) को गठन गरिएको छ।

यससँगै एसआईटीले अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको पोर्नग्राफी प्रकरणबारे गहिरो अनुसन्धान गर्ने बताएको छ।

एक प्रहरी अधिकारीका अनुसार एसआईटीको नेतृत्व एक सहायक पलिस आयुक्त (एसीपी) स्तरका अधिकारीले गर्ने छन्। र, क्राइम ब्रान्चका वरिष्ठ अधिकारीलाई अध्ययनको रिपोर्ट पेस गर्ने छन्। अहिलेसम्म पोर्नग्राफीलाई लिएर तीन फरक-फरक एफआईआर र थुप्रै पीडितको गुनासो दर्ता भएको छ। अब यी सबै फाइल एसआईटीलाई हस्तान्तरित गरिने छ।  

एडल्ट कन्टेनसँग जोडिएका प्रकरणमा राज कुन्द्रा मुख्य आरोपी ठहरिएका छन्। प्रहरीले कुन्द्रालाई नै पोर्न फिल्मको मुख्य दोषि ठानिरहेको छ। प्रहरीले पोर्न फिल्म बनाउनुका साथै ती फिल्मलाई एप्स तथा ओटीटी प्लेटफार्ममा प्रसारित गरेको आरोपमा कुन्द्रालाई गत जुलाई १९ मा गिरफ्तार गरेको थियो। कुन्द्रा २७ जुलाईसम्म प्रहरी हिरासतमा थिए। अब उनी आर्थर रोड जेलमा छन्। अमर उजालाबाट

प्रकाशित: Aug 14, 2021| 07:45 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।