आइतबार, फागुन १७, २०८२

बम बिस्फोटमा परी इरानमा १०३ जनाको मृत्यु

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

तेहरान- इरानमा बम बिस्फोट हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।

हत्या गरिएका इरानी सैनिकका पूर्व कमाण्डर कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ। 

आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन। आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो।

एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ।’ बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।    -एएफपी

प्रकाशित: Jan 04, 2024| 09:25 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्