मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पोल्याण्डद्वारा युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराउन आग्रह

पोल्याण्डद्वारा युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराउन आग्रह

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

पोल्यान्ड- पोल्यान्डका विदेशमन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन्। कीभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्‍न मद्दत गर्न  यस्तो आह्वान गरेको जनाइएको छ । 

National life

युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मङ्गलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन्।

बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा  जवाफ दिनुपर्ने बताएका छन्। 

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई  युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह  गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउँने उनले विश्वास व्यक्त गरे। पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ।

सिकोस्र्कीले रूसले युक्रेनलाई  निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताएका हुन्। परिणामस्वरुप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उनको भनाइ छ । 

Laxmi sunrise bank
kumari

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोस्र्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोज्नुभयो । उहाँले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताएका छन्। 

प्रकाशित: Jan 03, 2024| 17:15 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्