शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर १७ गते सोमबार कहाँ, के-के भयो। अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

नेकपाले सार्वजनिक गर्‍यो सातै प्रदेश कमिटीको नामावली  (सूचीसहित)

पार्टीभित्र चर्को दबाबपछि नेकपाले सोमबार प्रदेश कमिटीको नामवली सार्वजनिक गरेको छ। पार्टी भित्र विवाद भएकोले लामो समयदेखि प्रदेश कमिटीको नामावली सार्वजनिक भएको थिएन। 

अंक गणितमै अल्झियो कांग्रेस बैठक 

आगामी २८ मंसिरदेखि राजधानीमा हुने महासमिति बैठकमा पेस गरिने विधान संशोधन मस्यौदा टुंगो लगाउन बसेको कांग्रेस केन्द्रीय समितिको बैठक पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको गणितमै अल्झिएको छ। 

 किन स्थगित भयो संवैधानिक परिषदको बैठक ? प्रधानन्यायाधीश सिफारिसमा फेरि चलखेल

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषद्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ। थप आन्तरिक परामर्श र गृहकार्यपछि मंसिर २२ मा बस्‍ने गरी बैठक स्थगित भएको छ। 

कति च्यात्छौ निर्मलाको तस्बिर !

कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै पोस्टर टाँस्नेहरुलार्इ पक्राउ र टाँसिएका पोस्टरहरु च्यात्न थालेपछि अभियानकर्मीहरुले नयाँ रुपमा पोस्टर टाँस्‍ने अभियान थालेका छन्।

यसरी चल्छ औषधिमा ब्ल्याकमेल

गुल्मी, हुँगाकी बाथरोगी लक्ष्मी भण्डारी (६५) लाई एउटा औषधि देखाउँदै २० वर्षीया किशोरीले भनिन्, 'आमा ! यो तेल लगाउनुस् अनि यो धुलो औषधि खानुस्, तपार्इंको रोग निको हुन्छ ।' बाथ रोग लागेर सजिलै उठबस गर्न नसक्ने अवस्थामा पुगेकी लक्ष्मी ती किशोरीले औषधि ल्याइदिएपछि खुसी भइन्। 

सिके राउतको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज

सर्वोच्च अदालतले राज्यविरुद्धको संगठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त) को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो।

निर्मलाको न्याय माग्दै तरुणले बुझायो ज्ञापनपत्र

कञ्‍चनपुरमा बलात्‍कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। 

विजय थापाको हत्या सेठीले नै गरेको खुलासा

धनगढीका विजय थापाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका आशिष सेठीलाई प्रहरीले सार्वजनीक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै हत्याका आरोपी २८ वर्षिय सेठीलाई सार्वजनिक गरेको हो।

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

जनकपुरस्थित रारा बहुमुखी क्याम्पसका प्रमुख कार्यकक्षमै थुनिएका छन् । क्याम्पसको पठनपाठन सुधार गर्नतर्फ चासो नदेखाएको भन्दै नेविसंघका कार्यकर्ताले क्याम्पस प्रमुख डा. विजयकुमार लाललाई कार्यकक्षमै थुनेका हुन्।

एकान्तकुनामा कारको ठक्करबाट ट्राफिकको मृत्यु

ड्युटि सकेर फर्किदै गरेका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको  छ। बा १६ च ६८०२ नम्बरको कारको ठक्करबाट महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु हो।

कैलालीमा मोटरसाइकल दुर्घटना, ३ युवाको मृत्यु 

कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ खैरीमा अाइतबार राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर-७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । 

वीरगंजको ट्राफिक व्यवस्थापनको लागी महानगरको चासो 

वीरग‌ंज महानगरपालिकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई सुधार गर्न महानगपालिकाको कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ। साधन श्रोतको अभावमा ट्राफिक व्यवस्थापनमा चुनौती भएको भन्दै ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएपछि महानगर प्रमुख विजय कुमार सरावगीले आवश्यक सहयोग जुटाउने प्रतिबद्धता जनाएका हुन्।

प्रदेशका उत्पादनहरुको प्रोफाइल बन्दै

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र(टीइपीसी)ले प्रदेशको उत्पादनको प्रोफाइल बनाउन सुरु गर्ने भएको छ। केन्द्रले प्रदेशस्तरमा आयात प्रतिस्थापन गरि निर्यात प्रबर्द्धन तथा अन्तरप्रादेशिक व्यापारको विकास गर्ने उद्देश्यले प्रोफाइल बनाउने भएको हो।

सुत्केरीलाई एक किलो घिउ उपहार 

स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले कैलालीको एक स्थानीय तहले सुत्केरीलाई घिउ उपहार दिन थालेको छ । कैलालीको गौरीगंगा नगरपालिकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई एक किलोग्राम  घिउदिने गरेको छ। 

बार्सिलोना भिल्लारियलको सामना गर्दै

स्पेनिस ला लिगा फुटबलमा आइतबार राति साबिकको विजेता बार्सिलोना भिल्लारियलसँग भिड्दै छ । बार्सिलोनाले आफ्नो घर क्याम्प नोउमा १४औं हप्ताको खेल भिल्लारियलसँग खेल्न लागेको हो । 

परोपकारको प्रचार चाहँदैन धर्मेन्द्रको परिवार 

अमिताभ बच्चन र धर्मेन्द्र एकअर्कालाई निकै आदरसम्मान गर्छन्। बलिउडका यी दुवै स्टार मुम्बईको जुहू इलाकामा बस्छन्। उनीहरु एकअर्काका छिमेकी हुन्। बच्चन परिवार आफूले गरेको समाज सेवाको निकै प्रचार गर्छ तर धर्मेन्द्रको परिवार यस्तो सहयोगको प्रचार गर्न चाहँदैन। 

एकै दिनमा एउटै विमान कम्पनीका १४ उडान रद्ध

भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन्। तलबलगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै उडान रद्ध गरेका हुन्। 

राजापाक्षेलाई प्रधानमन्त्रीको रूपमा काम नगर्न अदालतको आदेश

श्रीलंकाको अदालतले राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम गर्ने अधिकार नदिन आदेश दिएको छ। वैधानिकता नपाउँदासम्म राजापाक्षे र उनको मन्त्रीपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले सोमबार स्पष्ट पारेको हो। 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।