विजय थापाको हत्या सेठीले नै गरेको खुलासा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Sethi_accused_Bijaya_Thapa.jpg

धनगढी- धनगढीका विजय थापाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका आशिष सेठीलाई प्रहरीले सार्वजनीक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै हत्याका आरोपी २८ वर्षिय सेठीलाई सार्वजनिक गरेको हो।

सेठीले लागुऔषध सेवनका क्रममा एक आपसमा विवाद भएपछि सिढीँमा टाउको ठोकेर थापाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक हरीबहादुर ओलीले जानकारी दिए।

एक आपसमा मिल्ने साथीसमेत रहेका सेठी र थापा आपसी सल्लाहमै घटना भएको दिन भारतबाट खरिद गरेर ल्याएको लागु औषध हिरोईन सेवन गर्न प्रदेश प्रमुख कार्यालय नजिकै रहेको एक घरमा पुगेको उनले बताए।

तीन पटकसम्म लागु औषध हिरोईन सेवन गरेपछि चौथो पटक सेवन गर्दा थापा सिडीबाट उठेर बाहिर जाने बेला आपसमा हात हालाहाल हुँदा सेठीले थापाको टाउको सिडीमा ठोकेका थिए। थापाको टाउको सिडीमा ठोक्दा घाईते भएर लडेपछि लुकाउनलाई घिसारेर लैजादै गरेको कुरा समेत सेठीले बयानमा स्वीकार गरेको  प्रहरी नायव उपरिक्षक ओलीले बताए।

थापालाई घिसारेरै लैजाने क्रममा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुवै जना भारतबाट लागु औषध हिरोईन खरिद गरेर सँगै खाने गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्या आरोपी यसअघि लागु औषध ओसारपसार मुद्दामा फरार रहेको समेत कैलालीले प्रहरीले जनाएको छ। गत कार्तिक ३० गते रात विजय थापाको हत्या भएको थियो। 



प्रतिक्रिया