धनगढी- कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–७ खैरीमा अाइतबार राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो ।
उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताए ।
मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । मोटरसाइकल चालक पवनका जिवानन्द मामा र विष्णु भिनाजु रहेको पारिवारिक श्रोतले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाईते भई उपचारका लागि कोहलपुर रेफर भएकोमा उनको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भएको छ ।
मृतक जिवानन्द र विष्णुको शब टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।