आइतबार, असोज १८, २०८३

तीन घुम्तीकी इन्द्रमायामाथि उपन्यास

बीपी कोइरालाको प्रसिद्ध उपन्यास तीन घुम्तीकी ‘इन्द्रमाया’लाई नेपाली उपन्यासको नारी चरित्रको रूपमा सबैभन्दा साहसी महिला पात्र भनेर चिनिन्छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- बीपी कोइरालाको प्रसिद्ध उपन्यास तीन घुम्तीकी ‘इन्द्रमाया’लाई नेपाली उपन्यासको नारी चरित्रको रूपमा सबैभन्दा साहसी महिला पात्र भनेर चिनिन्छ। 

यीनै सहासी पात्रको पेरिफेरिमा रहेर भोजराज घिमिरेले ‘इन्द्रमाया’ उपन्यास बजारमा ल्याएका छन्। बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा देखाएका छन्। 

राजनीतिक विद्रोही पीताम्बरसँग इन्द्रमायाले आमा बुबाको सहमति विपरित विवाह गर्छिन्। विवाहपछिको जीवनमा उनका पतिले उनी बन्ध्या रहेकोले बच्चा जन्माउन नसकेको आरोप लगाउँछन्। उनले आफू बाँझो छैनँ भनेर प्रमाणित गर्नका लागि पीताम्बरको साथी रमेशसँग यौन सम्बन्ध राखेर एक छोरी जन्माउँछिन्। 

यसपछि रमेश उपन्यासको दृश्यबाट हराउँछ। यता पीताम्बरले इन्द्रमायालाई कि छोरी त्याग, कि प्रेम त्याग भन्दा उनी छोरी च्यापेर घरबाट निस्कन्छिन्। इन्द्रमायाले घरबाहिर नै रहेर छोरी हुर्काउँछिन्। 

घिमिरेको ‘इन्द्रमाया’ त्यहाँबाट सुरू हुन्छ जब इन्द्रमाया घर छोडेर एक मन्दिरमा शरण लिन्छिन्। यस उपन्यासले एक्ली महिलाको संघर्षले जीवनमा सफलता प्राप्त गरेको संघर्ष कथा देखाउँछ र जटिल मानव सम्बन्ध, पुरुष तथा महिला अधिकार, असन्तुलित लैङ्गिक समीकरण, सामाजिक आदर्श, मानव अधिकारका साथै स्वतन्त्रतामा बहस गर्न आग्रह गरेको छ। 

समारोहमा बोल्दै उपन्यासकार घिमिरेले आफू  बीपी कोइरालाकी पात्र इन्द्रमायाबाट धेरै प्रभावित भएको बताएका थिए। उनले उपन्यासपछि आफ्नो पतिको घर छाडेकी इन्द्रमायाले कसरी जीवन बिताइरहेकी थिइन् भनेर खोज्न चाहेको र बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ खोज्नका लागि यो काम गरेको बताएका थिए।

कवि तथा गीतकार डा. विमल कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती रहेका थिए। कृतिको विमोचन गर्दै उप्रेतीले उपन्यासको कथा प्रविधि र लेखकले पात्र चयनमा देखाएको चलाखीको खुलेर प्रशंसा गरेका थिए। 

समीक्षकहरू एलबी क्षेत्री, साधना प्रतीक्षा, घनेन्द्र ओझा र महेश पौड्यालले उपन्यासकार घिमिरेले बीपी कोइरालाको 'तीन घुम्ती' की पात्रलाई लिएर गरेको यस कामलाई साहसी कदमको संज्ञा दिएका थिए। शिखा बुक्सले प्रकाशनले गरेको उपन्यासको मूल्य ४९९ रहेको छ।

प्रकाशित: Aug 13, 2021| 18:19 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।