शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाइड बडी विमान खरिद प्रकरण : महाप्रबन्धक कंसाकारमाथि खनिए सांसद

वाइड बडी विमान खरिद प्रकरण : महाप्रबन्धक कंसाकारमाथि खनिए सांसद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरू नेपाल वायु सेवा निगमको महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन्। नेपाल वायु सेवा निगमले किनेको वाइड बडी विमान खरिद प्रक्रियामा चौतर्फी आलोचना भएपछि सो सम्बन्धमा छलफल गर्न समितिले शुक्रबार कंसाकारलाई बोलाएको थियो।
 
बैठकमा महाप्रबन्धक कंसाकारले आफूले विमान खरिद प्रक्रियाबारे सुरुदेखि नै जानकारी गराउँदै आएको भन्दै ‘अब के असनको सडकमा लगेर छर्नुपर्ने?’ भनेका थिए। उनले केही मिडिया निगमका विपक्षमा लागेको देख्दा ‘निगमका पदाधिकारीलाई हाँस उठेको थियो?’ पनि बताएका थिए।

उनको अभिव्यक्तिपछि समिति सदस्य एवम् पूर्वमन्त्री भीम रावलले कार्यकारी पदमा बसिसकेपछि जिम्मेवारी, जबाफदेहिता तथा पारदर्शिता हुनुपर्ने बताए । उनले समिति बैठकमा बोल्दा शब्द चयनमा ख्याल गर्न कंसाकारलाई सुझाव दिएका थिए।
 

संसद्को अन्तर्राष्ट्रिस सम्बन्ध समिति बैठकमा गैरजिम्मेवार अझिव्यक्ति प्रस्तुत गर्दा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले माफी माग्नुपरेको छ। 


‘के हामीले आवश्यक कागजात असनको सडकमा लगेर फाल्नु भनेका छौं?,’ उनले भने, ‘विमान खरिदका विषयमा प्रश्नहरु उठिरहँदा जोक गरेर बस्ने हो ? तपाईंहरूलाई हाँसो उठ्छ? त्यस्तो छुट तपाईलाईं छैन। तुरुन्त माफ माग्नुहोस्।’

उनले विमान खरिदका लागि २५ अर्ब रुपैयाँ खर्चिएको बताए। त्यसैले सरकारको पैसा भनेको जनताको पनि भएकाले यो विषय जोक गर्ने तथा हाँसो उठ्ने नभएको उनको भनाइ छ। उनले उपसमिति बनाई अध्ययन अघि बढाउनुपर्ने धारणा राखे।

अर्का सांसद दिव्यमणि राजभण्डारीले समेत कंसाकारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तुरुन्त माफी माग्न आग्रह गरे। त्यसपछि कंसाकारले समितिसामु माफी मागेका थिए। समिति सभापति पवित्रा निरौला खरेलले वाइड बडी खरिद विषय गम्भीर भएकाले खरिदसम्बन्धी सम्पूर्ण कागजात समितिमा बुझाउन निर्देशन दिइन्।
 
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २४ घन्टाभित्र सम्पूर्ण कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाए। साथै समितिलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने उनको भनाइ छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्