लसुन एक उपयोगी र घरेलु औषधी हो । लसुन, तरकारीलाई स्वाद थप्ने परिकारको रुपमा प्रयोग गरिन्छ । खानालाई स्वादिष्ट बनाउनुका साथै यसको आफ्नै विशिष्ट गुण छ ।
लसुनमा पाइने भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थले धेरै रोगहरुको निको पार्न मद्दत गर्छ । यसमा भिटामिन बी १, बी ६, सी क्याल्सियम, पोटासियम, आइरन र कपरको मात्रा वढी हुन्छ ।
यसैगरी रुघाखोकी, पाचनशक्ति बलियो बनाउन, घाँटी दुखाई वा इन्फेक्सन जस्ता रोगहरुबाट टाढा रहन लसुनसँग महको प्रयोग गर्न सकिन्छ ।
लसुनको फाइदा
– ग्यास्ट्रिक कम गर्न
– कालेस्ट्रोल घटाउन
– उच्च रक्तचाप नियन्त्रण गर्न
– रगत शुद्धिकरण गर्न
– रोग प्रतिरोधात्मक क्षमता बढाउन
– मुटुलाई स्वस्थ बनाउन
– मधुमेह घटाउन
– बे्रस्ट क्यान्सरबाट बच्न
– स्वास प्रणाली
बिहान खाली पेटमा मन तातो पानीसँग लसुन खाँदा उच्च रक्तचापबाट बच्न सकिन्छ ।
लसुनका बेफाइदा
तर कतिपयको स्वास्थ अवस्था अनुसार लसुन हानिकारक पनि हुनसक्छ ।
एसिडिटि, छाति पोल्ने, पेटको अल्सर, झाडापखाला लागेका व्यक्ति, आँखाको रोग भएका जस्ता बिरामी र कम रक्तचाप भएका बिरामी लसुनबाट टाढा बस्नु नै राम्रो हुन्छ ।
गर्भावस्थामा लसुनको प्रयोग कतिपयलाई हानिकारक हुनसक्छ । लसुनले शरीरमा गर्मी उत्पन्न गर्ने कारण शिशुलाई हानिकारक बन्नसक्छ ।
लसुनले रगतलाई पातलो बनाउँछ र सोही कारण हेमोग्लोबिनमा कमी आउनसक्छ । कुनै व्यक्तिले शल्यक्रिया गर्छ भने उनले लसुनको प्रयोग नगर्न चिकित्सक सल्लाह दिन्छन् ।
लसुनको प्रयोग हरेक दिन गरिन्छ तर जाडो मौसममा लसुन सेवन गर्दा स्वस्थलाई अझै लाभदायी हुन्छ ।
घाँटी दुख्ने, रुघाखोकी र मोटोपना, जाडो मौसमको प्रमुख समस्या हो । यसलाई न्यूनिकरण गर्न दिनँहु लसुन सेवन गर्न सकिन्छ ।
लसुनको पात, गाँठो, जरा सबै खानमा प्रयोग गर्न सकिन्छ । लसुनको सबै भागलाई नियमित रुपमा काँचो वा पकाएर खाने हो भने स्वस्थ रहने, क्यान्सरबाट बच्ने र मुटु रोग लाग्ने सम्भावना कम हुन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४