शुक्रबार, वैशाख २६, २०८२

मधेश प्रदेशमा कामकाजको भाषा मैथिली घोषणा गर्न माग

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं- मधेश प्रदेशको कामकाजको भाषा मैथिली अविलम्ब घोषणा गर्ने मागसहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाइएको छ। मैथिली भाषा–साहित्यसँग आवद्ध विभिन्न संघ–संस्थाहरुले सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन्।

triton college

मुख्यमन्त्री यादवलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेश सरकारसँग पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको भन्दै अब चाँडो मागको सम्बोधन नभए आफूहरु आन्दोलनमा जाने उल्लेख छ। यसअघि पूर्व मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापनपत्र, सुझावपत्र र ध्यानाकर्षपत्र बुझाइएको तर अहिलेसम्म कार्यान्वयन नहुँदा पुनः स्मरणपत्र बुझाइएको हो। पत्रमा संविधानबमोजिम मैथिली सहित मातृभाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ।

मैथिली साहित्यकार सभाका प्रमुख प्रेम विदेहको नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका प्रतिनिधिमा मिथिला नाट्यकला परिषदका महासचिव शैलेन्द्र मल्लिक, रंगदर्पणका अध्यक्ष रितेश पाटिल, मैथिली विकास कोषका सदस्य सचिव श्यामसुन्दर शशि, कवियत्री पुनम झालगायतको सहभागिता रहेको थियो।

मैथिली साहित्यकार सभाका प्रमुख प्रेम विदेहले कामकाजी भाषाको रुपमा मैथिलीलाई कार्यान्वयन गर्नको लागि भाषा आयोगको सिफारिस र केन्द्रिय संस्कृति मन्त्रालयको पत्र प्रदेशमा अएको एक वर्ष बितिसक्दा पनि प्रदेश सरकार सुतरे बसेको आरोप लगाउँदै अब अविलम्ब मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा घोषणा नगरे हामी आन्दोलनमा जाने चेतावनी दिएको बताए।

उनले मुख्यमन्त्री यादवलाई बुझाएको ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, प्रदेश सभा सचिवालय, र मधेश प्रज्ञा प्रतिष्ठानमा पञ्जिकृत गरिएको जानकारी दिए।

National life insurance

पत्रमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, रंगदर्पणका अध्यक्ष रीतेश पाटली, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, डा.राजेन्द्र विमल साहित्य एकेडेमीका अध्यक्ष महेन्द्र कुमार मिश्र र सदस्य बैद्यनाथ पासवान, रामानन्द युवा क्लबका महासचिव रोशन कुमार मिश्र, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, गणेश युवा कमिटीका अध्यक्ष संतोष कुमार महतो, श्रीराम युवा कमिटीका अध्यक्ष प्रमेश्वर साह, रंग वाटिका नेपालका कलानिर्देशक उपेन्द्र भगत नागवंशी तथा विराटनगरका मिथिला टाइम्सका सम्पादक रामरिझन यादवको हस्ताक्षर रहेको छ।

प्रकाशित: Jul 11, 2023| 15:00 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्