बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • मधेस
  • आरती साह मृत्यु प्रकरण: श्रीमान् मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्चको आदेश

आरती साह मृत्यु प्रकरण: श्रीमान् मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्चको आदेश

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं- सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार साहलाई थुनामा पठाउने आदेश गरेको हो।

triton college

आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको उल्लेख गर्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

निजहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतले थुनछेक बहसपछि गत असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो। सोहीविरूद्ध उक्त विवाद सर्वोच्च अदालतमा आएको थियो।

आरती र मोतीबाबुबीच असार २०७७ असार २९ गते विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ।

प्रकाशित: Dec 07, 2023| 07:45 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्