सोमबार, मंसिर १२, २०७९
नेपाल समय | आइतबार, मंसिर ११, २०७९

मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ।

नेपाल समय | आइतबार, मंसिर ११, २०७९

एमालेबाट जसपा हुँदै नेसपा पुगेका रायले जोगाइदिए मधेसमा माओवादीको चुनाव चिह्न

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका हुन्। सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

पर्सा-४ 'क'मा कांग्रेसका शंकर निर्वाचित, एमालेका जयको पराजय

शंकरले १२ हजार १५४ मत ल्याउँदा जयप्रकाशले १० हजार ४ सय ३८ मत ल्याए। पराजित जय एमाले पर्साका अध्यक्ष हुन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

पर्सा क्षेत्र–२ (१) बाट कांग्रेसका पटेल निर्वाचित

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

मधेस प्रदेशको राजनीतिः पुराना विस्थापित, जनमतको उदय

२०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा आउने देखिएको छ।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

सप्तरी-२ (क) मा जनमतका सतिश सिंह विजयी, प्रदेश अर्थमन्त्रीलाई हराए

मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

सप्तरीबाट मधेस प्रदेशसभामा जनमत पार्टीका यादवको जित

सप्तरी क्षेत्र–२ को (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्।

नेपाल समय | मंगलबार, मंसिर ६, २०७९

रौतहट-३ मा प्रभु साहको अग्रता

रौतहट ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता लिएका छन्।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो।

नेपाल समय | सोमबार, मंसिर ५, २०७९

'क्रस मत'को विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना सुरु हुन सकेको छैन। क्रस मत केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना हुन नसकेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना