बिहीबार, वैशाख २०, २०८१

अनाजबाट रामजानकीको मूर्ति बनाउने निर्णयको विरोध

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं- आउँदो पुस १ गते हुने विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरको बाह्रविघा (रंगभूमि) मैदानमा अन्नबाट ११ फिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।

triton college

जनकपुर उप–महानगरपालिकाका मेयर मनोज कुमार साह, जनकपुर बृहत्तर विकास क्षेत्र, विश्व हिन्दु परिषद् धनुषा लगायतको बैठकले ७० क्विन्टल अनाजको प्रतिमा बनाउने निर्णय गरेको छ। जसको व्यापक विरोध भइरहेको छ।

साहित्यकार तथा प्रखर वक्ता रोशन जनकपुरीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त निर्णयको कडा विरोध गरेका छन्। उनी लेख्छन्, ‘कुरा पैसाको हो, तिमी ११ हजार मिटरको चित्र बनाएर विश्व कीर्तिमान बनाउ। अर्को व्यक्तिले ११ हजार १ मीटरको चित्र बनाएर तिम्रो कीर्तिमान भंग गरिदिन्छ। कीर्तिमान बनाउने कुराको कुनै तुक छैन।’ उनले बैठकमा रहेका विद्वानजनहरुको सृजनात्मक र मानवीय दृष्टिकोण किन र कता हरायो भनेर चिन्ता पनि व्यक्त गरेका छन्।

साहित्यकार रोशनले जुन प्रदेशमा भोक र गरिबी देशमै कीर्तिमानी अवस्थामा छ, त्यहाँ ७० क्विन्टल अन्नको देव प्रतिमामाथि जयकार गर्नु विडम्बना बाहेक केही नहुने तर्क गरेका छन्। उनले भनेका छन्, 'प्रदेश र जनकपुरमा समेत अनेकौं पुरातात्विक महत्वको स्थलहरु रेखदेखको अभावमा समाप्त हुनुका साथै विभिन्न बहानामा अतिक्रमित हुँदै गएको प्रति कुनै निकायको ध्यान जान सकेको छैन। तर यस्तो लाखौं र करोडौं बजेटको व्यर्थ खर्चमा सबै उत्साहित भएर लाग्नु विडम्बनापूर्ण हो।' उनले आफ्नो सोचलाई विवेकशील बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

साहित्यकार एवं प्राध्यापक भोगेन्द्र झा उक्त निर्णयको विरोधमा लेख्छन्, 'विज्ञको विज्ञतामाथी प्रश्नचिन्ह लागेको छ।' त्यस्तै महिला नेतृ विभा ठाकुरले पनि उक्त निर्णय गलत रहेको बताएकी छन्।

corrent noodles
Metro Mart

स्थानीय सञ्चारकर्मीहरुले पनि सामाजिक सञ्जाल मार्फत उक्त निर्णयको विरोध गरिरहेका छन्। वरिष्ठ गायक, संगीतकार सुनिल मल्लिकले रामजानकीको ११ फीट अग्लो अन्नको मूर्तिमा लाग्ने ७० क्विन्टल अन्नको व्यर्थ खर्च गर्नबाट बच्नुपर्ने उल्लेख गरेका छन्।
नेपाल योगा स्पोर्टसका संयोजक आलोक मिश्र लेख्छन्, ‘जनक र अष्टावक्रको ज्ञानभूमिमा मूढता, कर्मकाण्ड र अहंकारको प्रस्तुति।’

उक्त प्रतिमा बनाउने कुराको विरोधमा नेचर हर्ब इन्टरनेशनलका मदन कुमार अधिकारी लेख्छन्, ‘यस्तो ब्यर्थको योजना कसको दिमागको उपज हो ? न रोजगार सृजना, न भोक निवारण न जनतालाई राहत, अनुत्पादक स्थानमा यत्रो श्रम, समय र सम्पत्तिको सत्यानाश। हाम्रो बुद्धि कहिल्यै नफिर्ने भो।’

जनकपुर उप–महागरपालिकाका मेयर मनोजकुमार साहको अगुवाइमा निर्माण कार्यसम्बन्धी बैठक बसेको थियो जसमा जनकपुर वृहत्तर विकास क्षेत्रका अध्यक्ष शीतल साह, विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहलगायतको उपस्थिति रहेको थियो। वृहत्तर विकास कोसका अध्यक्ष साहले विवाहपञ्चमी महोत्सवलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले उक्त मूर्तिको निर्माण गर्न लागिएको बताएका छन्।

मूर्तिको निर्माण कार्य सतीश गर्जुरले गर्ने निर्णय समेत भएको छ। उनले ७० क्विन्टल अनाज लाग्ने बताएका छन्। यसअघि अयोध्यामा विभिन्न अनाजबाट ८ सय वर्गफिटको रामसीताको प्रतिमा निर्माण गरी गिनीज बुक अफ वर्ल्डमा रेकर्ड बनाएको थियो। सोहीको अनुसरण गर्दै जकपुरमा ११ फिटको राम–जानकीको प्रतिमा बनाउने निर्णय गरिएको हो। यद्यपि यस निर्णय कतै समर्थन  र कतै विरोध जारी छ।

प्रकाशित: Oct 31, 2023| 18:15 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्