बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • मधेस
  • नक्कली नागरिकता कसुरमा उपमेयरविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली नागरिकता कसुरमा उपमेयरविरुद्ध पक्राउ पुर्जी जारी

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली नागरिकता कसुरमा उनीविरुद्ध पुर्जी जारी भएको हो। उनीसँगै उनका पति महेन्द्रकुमार यादवविरुद्ध   पनि सोही अभियोगमा पुर्जी जारी भएको छ।

National life

उच्च अदालत जनकपुर र राजविराज इजलासको परमादेशपछि गत आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी रिटमा  गरिएको छ।

 

 

Shivam cement

प्रकाशित: Jul 04, 2023| 18:14 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्