बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भए प्रधानमन्त्री ओली

अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भए प्रधानमन्त्री ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भएका छन्। 

प्रधानमन्त्री ओलीलार्इ स्वास्थ्यमा समस्या आएपछि १२ कार्तिक सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले बताए।  

प्रधानमन्त्री ओलीलार्इ छातीको संक्रमण, ज्वरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो। उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा शन्तकुमार दास सम्मिलित छन्। 

उनी आजै बालुवाटार फर्किएका हुन्। उनलार्इ अरुले भेटघाट गर्न मिल्‍ने भएपनि हात मिलाउन भने नमिल्ने जनाइएको छ। 

प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार गरिएको थियो। उनको ११ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । 

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न दलका शीर्ष नेताहरु र उच्चअधिकारीहरु शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।

यो पनि पढ्नुहोस्, ओलीको स्वास्थ्य जाँच अपडेट : दसैंको टिकासँगै रुघाखोकी सर्‍यो

प्रधानमन्‍त्रीलाई अझै २ दिन अस्पताल राखिने, यस्तो छ स्वास्थ्य अवस्था

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।