प्रधानमन्‍त्रीलाई अझै २ दिन अस्पताल राखिने, यस्तो छ स्वास्थ्य अवस्था

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/kp_oli_update_doctor.jpg

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था जटिल नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित रहेको चिकित्सहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा चिकित्सकहरुले आतिनु पर्ने अवस्था नभएको पनि दावी गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चिकित्सकका अनुसार उनलाई २ दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ । 

https://www.nicasiabank.com/
प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली संलग्न छन् भने अमेरिका पुगेकी प्रधामन्त्रीकी निजी चिकित्सक दिब्यासिंह पनि सोमबार नै नेपाल आइपुगेकी छिन् । उनलाई अकस्मात खोकी बढेर छाति दुख्न थालेपछि सोमबार बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ । उनको ११ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । 

यसैबिच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न दलका शीर्ष नेताहरु र उच्चअधिकारीहरु शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेललगायतका नेताहरु अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

प्रतिक्रिया