बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिवानभन्दा ५ गुणा बढी संख्या भए पनि किन निरीह छ अफगानी सेना?

तालिवानभन्दा ५ गुणा बढी संख्या भए पनि किन निरीह छ अफगानी सेना?

‘अफगानिस्तानका सेना गनी सरकारका लागि लडिरहेका छैनन्। उनीहरुले खानासम्म पाएका छैनन्। कसका लागि लड्छन्? उनीहरु तालिवानसँग खुसी छन् जसका कारण सैनिक जत्था पनि उनीहरुकै समूहमा लागिरहेका छन,’ उनले भनेका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

पछिल्लो समय अफगानिस्तानमा आतंककारी समूह तालिवानको ज्यादती तथा हमला बढ्दै गएको छ। अफगानिस्तानका थुप्रै प्रान्तमा तालिवानले कब्जा जमाइरहेको छ।

National life

बुधबार मात्रै अफगानिस्तानको रणनीतिक महत्त्वको रूपमा लिइने समागन प्रान्तको राजधानी पनि तालिवानले कब्जामा लिएको छ।

अफगानिस्तानको थुप्रै स्थानमा नियन्त्रण जमाएको तालिवानले देशभर कब्जा गर्ने योजना बनाएको छ। तालिवानले एकपछि अर्को प्रान्त कब्जा गर्दै गएपछि असरफ गनी सरकारलाई राजीनामाको दबाब बढ्दै गएको छ।

अमेरिकाले ३१ अगस्टसम्म अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिकलाई फिर्ता बोलाइसक्ने निर्णय गरेपछि तालिवानलाई झनै सहज भएको छ।

अमेरिकी सैनिकको ९० प्रतिशत हिस्सा अमेरिका फिर्ता भइसकेको छ। अमेरिकी सेना फिर्ता भएपछि तालिवान आफ्नो प्रभुत्व जमाउन सफल भएको छ।

Laxmi sunrise bank
kumari

अफगानिस्तानको बिग्रिँदै गएको अवस्था र तालिवानको  आतंकलाई लिएर अमेरिकाले सेना फिर्ता बोलाएको भन्दै बाइडेन प्रशासनको आलोचना पनि भइरहेको छ।


प्रकाशित: Aug 12, 2021| 09:54 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।