शुक्रबार, वैशाख १४, २०८१

मधेस सरकारलाई एमालेको समर्थन फिर्ता

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

नेकपा एमालेले मधेस प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

triton college

जसपा–एमालेसहितको गठबन्धनमा मुख्यमन्त्री सरोजकुमार यादवलाई समर्थन गर्दै विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णयअनुसार दुई महिनापछि समर्थन फिर्ता लिएको हो। प्रदेश सरकारबाट एमाले चैत २ गते बाहिरिए पनि समर्थन कायमै राखेको थियो।

एमालेले मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार, गृह तथा सञ्चार, महिला, बालबालिका, युवा तथा खेलकुद र कानुन, न्याय तथा प्रदेश सभा मामिला गरी चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको थियो। 

गत पुस १० गते एमाले संघीय सरकारसँगै मधेस सरकारमा पनि सहभागी भएको थियो। तर, राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमाले मधेस सरकारबाट समेत बाहिरिएको थियो। मधेस प्रदेशसभामा नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन्। एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो।
 

प्रकाशित: May 16, 2023| 08:15 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्