आइतबार, असोज १८, २०८३

भट्टराईको अपराधशास्त्रसम्बन्धी पुस्तक सर्वोत्कृष्ट

रवीन्द्र भट्टराईद्वारा लिखित ‘अफेन्डिङ एन्ड भिक्टिम्याइजेसन’ न्याय र कानुनसम्बन्धी २०७७/७८ वर्षको सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– रवीन्द्र भट्टराईद्वारा लिखित ‘अफेन्डिङ एन्ड भिक्टिम्याइजेसन’  न्याय र कानुनसम्बन्धी २०७७/७८ वर्षको सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ। नेपाल कानुन व्यवसायी परिषद्को २८ औं परिषद् दिवसमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भट्टराईलाई पुरस्कृत गरेका हुन्। 

पुस्तकमा फौजदारी न्यायको अवधारणा, अपराधशास्त्र र पीडित न्यायशास्त्रको अवधारणा तथा विकसित सिद्धान्तहरूको विस्तृत विवेचना छ। अपराध र अपराधपीडितको न्यायका बारेमा ऋग्वेद, बृह्दारण्यक उपनिषद्, न्याय दर्शन र योग दर्शनमा रहेका अपराधशास्त्रीय चेतनाको चित्रण गरिएको छ। 

यस्तै अपराध तथा पीडितशास्त्रका पाश्चात्य सिद्धान्तहरूको विवेचना मात्र गरिएको छैन पूर्वीय सभ्यताका विशेष गरी चिनियाँ मान्यता, बौद्ध र ऋषिप्रतिपादित मान्यताहरूको विवेचना प्रत्यक्ष विज्ञानका आधारमा गरिएको छ। 

अपराधशास्त्र र बालन्यायमा विशेष दखल राख्ने भट्टराई नेपाल समयका स्तम्भकार हुन्। 

समारोहमा सम्बोधन गर्दै प्रधानन्यायाधीश राणाले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको बताएका थिए। ‘बेन्च गठनका विषयमा प्रश्न उठ्यो, मैले वरिष्ठताका आधारमा गठन गरें’, प्रधानन्यायाधीश राणाले भने, ‘प्रश्नहरु छन् तर दबाब र प्रभावमा परेर फैसला गरेको छैन।’ अदालतबाट फैसला हुँदा कमीकमजोरी भए पनि त्यसको मूल्यांकन इतिहासले गर्ने उनको भनाइ थियो।

काननु, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन भाषा र किताबमा मात्र नभएर व्यवहारमा उर्तानुपर्नेमा जोड दिए।

प्रकाशित: Aug 11, 2021| 22:51 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।