आइतबार, असोज १८, २०८३

देवकोटाघरको मुद्दामा विपक्षी झिकाउन आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम चिनारीस्वरुप रहेको घर नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काएपछि अधिवक्ता सञ्जय अधिकारीले रिट दर्ता गरेका थिए।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काइएको भन्दै त्यसविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम चिनारीस्वरुप रहेको घर नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काएपछि अधिवक्ता सञ्जय अधिकारीले रिट दर्ता गरेका थिए।

बुधबार रिटमाथि सुनवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले विपक्षी झिकाउन आदेश दिएको हो। 

रिटमा अहिलेसम्म भत्काइएको संरचनामा थप क्षति नपुर्‍याउन अन्तरिम आदेश माग गरिएको थियो। यस्तै पुरानो संरचना भत्काएर बनाउन लागिएको नयाँमा त्रुटीसमेत रहेको दाबी गरिएको थियो। 

यस्तै तयार भएको डिजनाइन अनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने भन्दै जिकिर देवकोटाघर नभत्काउन आदेश माग गरिएको थियो। 

प्रकाशित: Aug 11, 2021| 20:00 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।