बुधबार, जेठ २७, २०८३

मनकामना केबुलकार बुधबार बन्द हुने

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- टावर मर्मत गर्नुपर्ने भएपछि गोरखाको मनकामना केबुलकार आगामी बुधबार बन्द हुने भएको छ। एक दिनको मर्मतसम्भार सकिएलगत्तै कम्पनीले बिहीबारबाट सेवा पुनः सुरु गर्ने बताइएको छ।

National life

केबुलकार टावर नियमित मर्मतसम्भार गर्नुपर्ने भएका कारण एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो। कम्पनीले केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा केबुलकारलाई स्तरोन्नति गरेको थियो।

केबुलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबुलकार रहेको छ।

 
 

प्रकाशित: Apr 02, 2023| 17:02 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्