आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • ‘बेटर होम अप्लायन्स’ले विक्रेतालाई थाइल्याण्ड पठायो

‘बेटर होम अप्लायन्स’ले विक्रेतालाई थाइल्याण्ड पठायो

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- घरायसी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौं विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ।

Everest Bank

रवि एण्ड सन्नी इण्डस्ट्रिज प्रा. लि. अन्तर्गतको ईलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान विक्री गर्ने उत्कृष्ट रिटेलरहरूलाई थाइल्याण्डको पाँच दिने भ्रमणमा पठाएको हो।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सामान बेच्ने रिटेलरहरूलाई प्रोत्साहन स्वरुप थाइल्याण्ड यात्रा पुरस्कारको रुपमा दिइएको कम्पनीले बताएको छ। अहिलेको कठिन आर्थिक अवस्थाका बावजुद बेटरले आफ्ना रिटेलरहरूलाई आगामी वर्ष अझ राम्रो विक्री गरुन् र अगाडि बढुन् भनेर प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरेको बेटर होमका सह-संस्थापक र सीओओ सन्नी रौनियारले बताए।

बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग हो। पोखरामा कर्पोरेट कार्यालय राखेको कम्पनीले वीरगंजमा उद्योग स्थापना गरेको छ। कम्पनीले प्रेसर कुकर, राईस कुकर, आईरन, ईन्डक्सन चुल्हो, ईन्फ्रारेड चुल्हो, ईलेक्ट्रिक जग, हिटर, पंखा लगायतका घरयासी सामान उत्पादन गर्दै आएको छ।
 

प्रकाशित: Mar 28, 2023| 11:30. 00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्