शनिबार, साउन १२, २०८१

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण 

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि ३ रात ४ दिनको 'घलेगाउँ भ्रमण कार्यक्रम' सम्पन्न गरेको छ। 

triton college

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र कलाकार सन्दीप क्षेत्रीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब २५० जना वरिष्ठ अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराइएको थियो।  घलेगाउँ भ्रमणका क्रममा त्यहाँको स्थानीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै  मनोरम दृष्य अवलोकनसमेत गराइएको थियो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो। साथै, कलाकार क्षत्रीसँग अभिकर्ताहरूलाई साक्षात्कार गराउने उद्देश्यले घलेगाउँ भ्रमणपश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत श्री सुरेशप्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो।

प्रकाशित: Mar 28, 2023| 23:00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्